079520678
maitreecooperative@gmail.com

Recent Notice

परिचय :

सहकारी मुल्य मान्यतामा आधारित कृषि उत्पादन, संकलन, प्रशोधन तथा बजारीकरण गर्ने,पशुपालनलाई व्यवसायिक बनाउने, स्वरोजगारको सिर्जना गर्ने, सदस्यहरूबीच सहयोग सदभाव एकता अभिवृद्धि गरी समाजिक पुँजी निर्माण गर्ने, बचत संकलन तथा सहुलियत दरमा ऋण प्रदान गरी सदस्यहरूको जीवनस्तरमा सुधार गर्ने र जिल्लाको सहकारी आन्दोलनलाई अगाडि बढाउन केही युवा तथा व्यवसायिक साथीहरूको पहलमा स्वर्गीय बोमबहादुर खड्काको नेतृत्वमा २०५७ भाद्र २७ गते मैत्री बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना भएको हो । सहकारी ऐन, २०४८ र नियमावली २०४९ र संस्थाको विनिमय अनुसार पाँच गाविस तम्घास, अर्खले सिमिचौर, नयाँगाउँ जैसिथोक कार्यक्षेत्र तोकी सहकारी कार्यालय पाल्पामा २०५८ कार्तिक १ गते १५६ नम्बरमा दर्ता भएको थियो । दर्ता गर्ने क्रममा ३३ जना सदस्य र १३२०० शेयर पुँजी कायम गरिएको थियो । संस्थाले बचत तथा ऋण कार्यक्रम, लघुवित्त मैत्री सन्देश प्रकाशन, दुग्ध व्यवसाय सञ्चालन र सुपथ मुल्य पसल सञ्चालन गदै आएकोमा र हाल सहकारीको सहयोगमा विद्युतीय गाडी सञ्चालन भैरहेको छ । २०६४ सालमा १२ गाविस थप गरी १७ गाविस कार्यक्षेत्र कायम गरिएको थियो । २०७२ सालमा साविक गुल्मी जिल्लाका ७५ गाविस र अर्घाखाँची का ४ गाविस कार्यक्षेत्र कायम भएको थियो । २०७७ सालमा साविक लुम्बिनी अञ्चल ६ जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलबस्तु रुपन्देही र नवलपरासी कार्यक्षेत्र कामय भएको छ हाल प्रधान कार्यालय तम्घासमा र सेवा केन्द्र बलेटक्सार, धुर्कोट, इश्मा, पुर्कोटदह, आँपचौर, बुटबल र तौलिहवामा रहेका छन् । हाल १३,८३६ शेयर सदस्य रहेका छन् ।

About Us Image

© "२0२६" Maitree Cooperative. All rights reserved.